बसमा हस्तमैथुन गरेर युवतीको कपालमा विर्य फ्याल्ने युवक एक वर्षपछि पक्राउ

0
1653

बिर्तामोड ।

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक ब्यक्ति चितवनबाट पक्राउ परेका छन् ।
एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनामा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको बताए ।

एक वर्षअघि डल्लु–लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै दोषी पक्राउ गर्न उजुरी दिएका थिए ।

उजुरीपछि प्रहरीले मिहिन अनुसन्धान गर्दै आएको थियो । यसका लागि महाशाखाले फेसबुक मुख्यालयसँगसमेत सहयोग मागेको थियो

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् ।

अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन । जसका कारण प्रहरीलाई अपराधि पत्ता लगाउन मुस्किल परेको थियो । भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो ।

यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here