दोस्रो ग्यालेक्सी कपको तयारी

२९ पुष २०७६, मंगलवार मा प्रकाशित

भद्रपुर

झापाको भद्रपुरमा दोस्रो संस्करणको ग्यालेक्सी कप अन्तर इङ्लिस स्कूल जुनियर नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।

भद्रपुर–९ प्रगति टोलस्थित ग्यालेक्सी इङ्लिस स्कूलको आयोजनामा आगामी माघ ८ गतेदेखि ग्यालेक्सी कप अन्तर इङ्लिस स्कूल जुनियर नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो । झापामा रहेका निजी विद्यालयहरूबीच आपसी सद्भाव र एकता कायम राख्नुका साथै विद्यार्थीको खेलकुद क्रियाकलापलाई उजागर गर्ने उद्देश्यले ग्यालेक्सी कपको आयोजना गरिएको स्कूलका प्रबन्ध निर्देशक कुशल अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा भद्रपुरसहित बिर्तामोड, मेचीनगरका गरी ३२ वटा विद्यालयले भाग लिन लागेको ग्यालेक्सी इङ्लिस स्कुलका प्रिन्सिपल वेदप्रकाश घिमिरेले जानकारी दिए ।

विद्यालयमा भएको शिक्षक तथा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा स्कूलका प्रिन्सिपल घिमिरेले कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीबीच प्रतियोगिता हुने बताए । प्रतियोगितामा गोलकिपर ५ फुट ३ इञ्च र खेलाडी ४ फुट १० इञ्च भएका विद्यार्थी मात्र भाग लिन पाउने उनले बताए ।

प्रतियोगिता सम्पन्न गराउन करिब दुई लाख खर्च हुने बताइएको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई ट्रफी, शिल्ड र प्रमाणपत्र वितरण गर्नुका साथै अन्य विद्याका विद्यार्थी खेलाडीलाई समेत ट्रफी प्रदान गरिने स्कूलका खेल शिक्षक मित्रा बस्नेतले जानकारी गराएका थिए । यसअघि स्कूलले प्रथम संस्करणको ग्यालेक्सी कप २०७४ सालमा आयोजना गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here