अर्जुनधारा ।

झापाको अर्जुनधारा–१मा रहेको खुदुनावारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षता र नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष मदनकुमार दनुवारले व्यक्त गरेका थिए ।
सभामा अध्यक्ष राईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रकुमार श्रेष्ठले गत आर्थिक वर्ष ०७५÷०७६को आन्तरिक लेखा परीक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष ०७६÷०७७ को अनुमानित आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा २६ लाख ९२ हजार आठ सय दुई रुपैयाँ ९० पैसा बराबरको कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित ३१ लाख ६६ हजार दुई सय ४० रुपैयाँ बराबरको आय–व्यय विवरण सभामा पेश गरेको थियो ।

सोही सभामा नियमित पानीको महसुल बुझाउने १८ जना उपभोक्तालाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा केशरमाया राई, कृष्ण मंग्राती, गीता धिमाल, चक्रप्रसाद नेपाल, चन्द्र खत्री, चेतकुमार काफ्ले, जयनारायण हुमागाईं, जानुका सुब्बा, जीतबहादुर अधिकारी, ठगीमाया कार्की, डीकबहादुर विष्ट, दधीराम ल्वागुन, धनबहादुर एक्तेन, बलबहादुर खत्री, मेघनाथ खतिवडा, रमेशचन्द्र राजवंशी, राम खड्का र संगिता भण्डारी रहेका छन् ।
सभामा अर्जुनधारा–१ वडा समितिका अध्यक्ष गजाधर खतिवडा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडाका सभापति भक्तिप्रसाद कोइराला, नेपाली काँग्रेस वडाका सभापति नेत्रप्रसाद आचार्य, संघीय समाजवादीका आकाश राई, सल्लाहकार समितिका संयोजक कमलबहादुर भण्डारी, शहीद टेक–मान रंगशाला व्यवस्थापन समितिका अध्यक्ष सूर्य लोहार, पूर्व सल्लाहकार समितिका सदस्य सरस्वती सिटौला गोल, लेखा समितिका संयोजक चिरञ्जिवी शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन सचिव उपेन्द्र बस्नेतले गरेका थिए ।































