तरुल खानुको फाइदा यस्तो छ

0
2846

काठमाण्डौं,

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न मिल्छ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेको छ । तरकारी पसलदेखि ठेलागाढामा समेत राखेर तरुल बेच्नेहरु सहरबजारका गल्लीभित्रसम्म पुगेका हुन्छन् ।

मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । तरुललगायत माटोमुनी फल्ने जड खाद्य पदार्थ सबै कन्दमूल हुन् । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ । अहिले बजारको मागलाई हेरेर व्यवसायीहरुले तरुल खेती गर्दै आएका छन् ।

तरुलका खानुका फाइदा

कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो ।

कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन् :

छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो

यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।

यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here