सुरुङ्गा जेसीजको अध्यक्षमा उप्रेती

0
1268

सुरुङ्गा ।

सुरुङ्गा जेसीजको १२ औं साधारण सभाबाट सर्वसम्मत रुपमा वर्ष २०२० को अध्यक्षमा त्रिलोचन उप्रेती निर्वाचित भएका छन् ।

युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष, पशुपति अंग्रेजी माविका शिक्षक, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका वर्ष २०१९–२०२० का कोषाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका उप्रेती सुरुङ्गा क्षेत्रमा क्रियाशलि युवा व्यक्तित्वका रुपमा परिचित छन् ।

जेसीजको विधान अनुसार अध्यक्षसहित दुईजना कार्यकारिणी उपाध्यक्ष, चारजना उपाध्यक्ष र एकजना जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियावाट निर्वाचित हुनु पर्ने भएकाले सोही अधिवेशनसहितको साधारणसभाबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

कार्यकारिणी उपाध्यक्षद्वयमा सुमन कार्की र प्रबिन तिम्सिना तथा चारजना उपाध्यक्षमा क्रमशः अनमिका सिटौला मैनाली, बिनिता मैनाली बिमली, केशब शिवाकोटी र दीपेन्द्र प्रधान साथै जनसम्पर्क अधिकारीमा प्रतापबाबु कट्टेल सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन समितिका अन्य सदस्यहरु सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष मोतिखर ओझा र सदस्य सोमनाथ उप्रेतीले सर्वसम्मत नेतृत्व चयनकालागि महत्वपूर्ण भूमिका खेलेका थिए । अध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा तत्कालै मनोनित गरेका छन् ।

जस अनुसार कानुनी सल्लाहकारमा यदुका (उषा) उप्रेती, महासचिवमा अर्जुन बोहोरा र कोषाध्यक्षमा किशोर दहाल मनोनित भएका छन् । अध्यक्षबाट मनोनित हुने अन्य पदाधिकारीहरुको पूर्णता पद हस्तान्तरण कार्यक्रमसँगै हुने नवनिर्वाचित अध्यक्ष उप्रेतीले बताए ।

सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् पूर्वअध्यक्ष कुमारमणि पोखरेलको प्रमुख आतिथ्य रहेको साधारणसभामा पूर्वअध्यक्षहरु शिबकुमार कडेल, सरला दहाल पोखरेल, जविन तिम्सिना लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here