ताप्लेजुङ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मिक्लुङ स्थितमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा एक जना चाईनिज कामदारको मृत्यु भएको छ ।
५१ वर्षीय चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































