वाल सुवोधिनिमा भूकम्प सुरक्षा सम्वन्धी चेतनामुलक कार्यक्रम

0
817

दुहागढी ।

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा भूकम्प सुरक्षा सम्वन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको बाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भूकम्पबाट हुने क्षति न्युनिकरणका लागी गर्नुपर्ने पूर्व तयारी र भूकम्पीय जोखीमवाट बच्ने उपायका बारेमा विद्यालयका प्रधानाध्यापक एवं नेपाल रेडक्रस सोसाईटी झापा शाखाका उपमन्त्री विश्व थापाले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई भूकम्पवाट जोगीन विद्यालय र घर भित्र रहदा अपनाईने प्रभाभकारी उपाय “घुँडा टेकी गुडुल्की ओत लागी समात” डक, कभर, होल्डको सामुहीक अभ्यास समेत गराईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here