माइ मेलामा खुलेआम डाइसखेल, स्थानीय निकाय र प्रशासन मुखदर्शक

२ माघ २०७६, बिहीबार मा प्रकाशित

कनकाई

स्थानीय निकाय र प्रशासनले रोक लगाएको ‘डाइस खेल’ खुलेआम हुँदै आउँदा पनि सम्बन्धित निकाय मुखदर्शक बनेका छन् । झापाको कनकाई नगरपालिकास्थित कनकाई ९माई० नदी किनारमा माघे संक्रान्तिको अवसरमा लागेको माइबेनी मेलामा खुलेआम ‘डाइस खेल’ खेलाउँदा पनि सम्बन्धित निकाय मुखदर्शक बनेको हो ।

माघ महिनाको १ र २ गतेका लागि एस विडि कन्ट्क्शनले आयोजना गरेको दुई दिने मेलामा स्थानीय निकाय र प्रशासनले खेल्न रोक लगाएको डाइस खेल आयोजकले खुलेआम खेलाउदा पनि प्रशासन मुकदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् । मेलामा जुवा,तास, डाइस खेल र मदिराजन्य पदार्थमा कनकाई नगरपालिकाले रोक लगाउँन उर्दि गरे पनि खुलेआम खेल खेल्दा मौन बस्नुले स्थानीय आक्रोशित भएका छन् ।

यता प्रदेश १ कै चर्चित धार्मिक माइबेनी मेलामा प्रदेशभरिका जिल्लासहित छिमेकी राष्ट्र भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु तथा भक्तजनहरू आउने गरेकाले मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन यसवर्ष प्रविधियुक्त सुरक्षा योजना बनाएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

माई नदी किनारमा मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ । त्यसैले माई नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

२० स्थानमा सिसी क्यामेरा जडान जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघसंस्थासँग समन्वय गरी बनाइएको सुरक्षा योजनामा मेला स्थलमा सिसी क्यामेरा जडान गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । तर खुलेआम जुवा, तास खेल तथा मदिराजन्य पदार्थ विक्री वितरण हुने गरेको स्थानीयको आरोप छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here