ट्याङ्करको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु

२ माघ २०७६, बिहीबार मा प्रकाशित

झापा ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको भारतीय नम्वर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृतकको नाम थर बतन भने खुल्न सकेको छैन । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको साइकललाई ट्याङ्करले पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका – ४ कोटिहोम सडक खण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here