वाणिज्य संघको शपथ

0
403

भद्रपुर।

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको शपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम विहीवार सम्पन्न भएको छ ।

‘आर्थिक समृद्धिको आधारः पर्यटनको विकास, नेपाल भ्रमण बर्ष सफल पारौं’ भन्ने उद्देश्यका साथ भद्रपुर–३स्थित किचकबध ऐतिहासिक धार्मिक तथा पर्यटन क्षेत्रमा आयोजित कार्यक्रममा संघको २३औं चुनावी अधिवेशनबाट निर्वाचित पदाधिकारी र सभा सदस्यहरुलाई शपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।

झापा क्षेत्र नम्बर ३बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनले उद्घाटन गरेको कार्यक्रममा निर्वाचन समितिका अधिकृत सुरज खत्रीले संघको अध्यक्ष पदमा निर्वाचित नवराज पनेरु (राजु) लाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरेका थिए ।

दोस्रो कार्यकालका अध्यक्ष भएका पनेरुले वरिष्ठ उपाध्यक्ष खडकबहादुर लिम्बू, एशोसिएट्स–वस्तुगत उपाध्यक्ष प्रज्ज्वल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पंकजकुमार शर्मा, वाणिज्य सचिवमा सुविनकुमार खड्का, उद्योग सचिवमा सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा भाष्कर शर्मा लगायत सम्पूर्ण निर्वाचित सदस्यहरुलाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरी पदभार ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद लिङ्देन, प्रदेश सांसद बसन्त बानियाँ, भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ, संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे, उमेश डालमिया, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

अध्यक्ष पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निर्वतमान वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव पंकजकुमार शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here