मेची पेट्रोलियमको अध्यक्षमा कोइराला

0
509

बिर्तामोड।

मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् ।

विहीवार भएको १२औं महाधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा टीकाराज पिठाकोटी, उपाध्यक्षमा भूपालराज कटुवाल, महासचिवमा बिनोद बस्नेत, सचिवमा बिनोद चापागाँई, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा मदन राई चयन भएका छन् ।

समितिको सदस्यमा कुमारमणि पोखरेल, उत्तम श्रेष्ठ, बलराम भण्डारी र हरि घिमिरे चयन भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा महाधिवेशन भएको थियो ।

महाधिवेशनमा पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय सचिव लयप्रसाद भण्डारी, एशोसिएशन झापाका पूर्वअध्यक्ष प्रेमप्रसाद दाहाल लगायतले नवनिर्वाचित समितिलाई कार्यकाल सफल र रचनात्मक बनोस् भन्दै शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here