मेची अञ्चल अस्पतालबाट बेवासिरे महिलाको उद्धार

0
464

भद्रपुर ।

भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवासिरे रूपमा रहेकी महिलाको उद्धार गरिएको छ । झापाका मानव अधिारकर्मीहरूको पहलमा इटहरी स्थित माया घरले संरक्ष गर्ने गरी ती महिलाको उद्धार गरिएको हो ।

शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय मातहत रहेकोको बेसाहाराको आश्रय स्थल माया घर इटहरीमा संरक्षण गर्ने गरी मानव अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको सम्युक्त रोहवरमा अञ्चल अस्पताल प्रशासनले जिम्मा लगाएको छ ।

कार्तिक ३० गते विरामी अवस्थामा काँकरभिट्टा प्रहरीले मेचीनगरबाट उद्धार गरी अस्पतालमा भर्ना गराइएकी ती महिलाका आफन्त खोजी गर्दा पत्ता लागेको थिएन । सामाजिक अभियान्ता पुण्यप्रभा सुब्बाले सञ्चारमाध्यमसित आफन्त खोजी गरिदिन गरेको अपिलपछि बेवारिसे महिलाको संरक्षणका लागि झापाली मानव अधिकारकर्मी कोषराज न्यौपाने, रणदेव हजाम, दिपक दास, विष्णुप्रसाद खरेल, रेखा अधिकारी लगायतको पहलमा माया घर इटहरीको संरक्षण जुटेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले उद्धारका लागि आएकी माया घरकी सचिव अर्पणा राईलाई ती महिला रहेको क्याविनमा जिम्मेवारी पत्र हस्तानतरण गर्दा सुतीरहेकी ती महिला जुरूक्क उठेर दार्जेलिङ लाने हो भन्दै खुसी व्यक्त गरेको दृष्यले सवै हर्षित भएका थिए । आफन्तविहीन भएर अस्पतालमा महिनौं कटाएकी बेसाहारालाई साहारा जुटाउन पाएकोमा अधिकारकर्मी तथा सामाजिक अभियन्ताको खुसीको सीमा नरहेको दृष्यले पुष्टि गर्दथ्यो ।

राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने ती महिला आफू दार्जेलिङ बजार छेउकी बासिन्दा भएको बताउँदै घर लानु पर्छ नि ! ढाँट्ने होइन नि भन्दै खुसीले माया घरबाट लइएको गाडीमा चढेर गएकी छिन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । अन्दाजी ४५ वर्ष उमेर रहेकी ती महिलालाई आफन्त तथा अभिभावक लिन नआएसम्मका लागि संरक्षण गर्दै लालनपालनको जिम्मा लिएर राख्नका लागि प्रहरी, अस्पताल प्रशासन, अधिकारकर्मी सामाजिक अभियन्ताले माया घर इटहरीलाई जिम्मा लगाएका हुन् ।

मानव सेवाका लागि सञ्चारमाध्यमको शक्ति अपार रहेको अभियन्ता पुण्यप्रभा सुब्बाले प्रतिकृया दिइन् । यस्तै अधिकारकर्मी दिपक दासको भनाइमा सडक मानवविहीन समाज परिकल्पना नै मानव अधिकारको आधारभूत मान्यता रहेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरको भनाइमा अस्पताल बेसाहारा राख्ने आश्रय स्थल नभए पनि रोगीको सेवा केन्द्र रहँदा रहँदै ती महिलाको सुरक्षा र संरक्षण मानव सेवाका लागि गरिएको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here