मेवा खाँदा यस्ता फाइदा

0
1556

काठमाडौँ,

फलको राजा हो मेवा । यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । मेवाको रुखको प्रत्येक भागमा अनेक औषधिय गुण हुन्छ । मेवा खाँदा मिठो हुने मात्र होइन स्वास्थ्यलाई फाइदा पनि गर्छ ।

जहाँ पनि सजिलैसँग पाइने मेवाको सेबनले कब्जियतबाट छुटकारा पाउन सकिन्छ।  मेवाको रसमा टमाटरको रस मिसाएर पिउनाले कब्जियत ठिक हुन्छ । यसको सेबनले हड्डीलाई धेरै फाइदा गर्छ ।  यसको सेबनले पाचन क्रियालाई राम्रो बनाउछ ।

महिनावारी अनियमित हुने समस्या भएका महिलाहरुले हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।मेवामा फाइबर, भिटामिन र एन्टी९आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त९शिरामा कोलेस्ट्रोल बन्न दिदैँन ।

मेवाको पातहरू पनि घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँने गरिन्छ । मेवा मुटु रोगीका लागि लाभदायक मानिन्छ । मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवाको सेवनले जण्डिस रोग निको हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here