जाडोमा बटुकको अवस्था कष्टकर

५ माघ २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

झापाको अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा अध्ययनरत् वटुकहरुको अवस्था कष्टकर बनेको छ ।

माघको कठ्याङ्ग्रिदो जाडोमा न्यानो कपडाको अभावमा उनीहरु थर्थर् काप्दै संस्कृत विषयको अध्ययन गर्न वाध्य भएका छन् ।

२०३३ सालमा स्थापना भएको शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा हाल मेचीदेखि महाकालीसम्मका विभिन्न ४० जिल्लाभन्दा वढीका र भारतको आसाम ,मनीपूर , वंगाल र भुटानका एक सय २० जना वटुकहरु अध्ययनरत् रहेको शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए । त्यहाँ वटुकहरुले वेद ,व्यार्कण , ज्योतिस , कर्मकाण्ड लगायत अध्ययन गर्ने गरेको उनले बताए ।

शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा अध्ययनरत् वटुकहरुलाई न्यानो कपडा ,स्वीटर ,कम्वल लगायतको आवश्यकता रहेको र त्यसको अभावमा उनीहरु माघको कठ्याङ्ग्रिदो जाडोमा थर्थर् काप्दै अध्ययन गर्न वाध्य भएको उनले बताए ।

शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा सञ्चालन हुने धार्मिक अनुष्ठानबाट संकलित धान , चामल लगायतका खाद्यान्न , त्यहाँ आउने भक्तजनहरुले जन्मदिन , पितृको स्मृतिमा गरिने कर्म लगायतमा संकलित अन्न आदिले वटुकहरुलाई भोजन गराएपनि न्यानो कपडाको अभावले वटुकहरुलाई समस्या भएको उनले बताए ।

शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले निःस्वार्थ भावले गरिने सेवा नै धर्म हुने भएकाले वटुकहरुलाई न्यानो कपडा प्रदान गरेर पुण्यको भागी बन्न सवैलाई आग्रह गरेका छन् ।

गत माघ १ गतेदेखि शुरु भएको श्रीमद् अग्नि महापुराण कथा प्रवचन , महालक्ष्मीलक्ष्यार्चनात्मक विराट महायज्ञमा सहभागी भएर तन,मन, धनले सहयोग गरी पुण्यको भागी बन्न उनले सवैलाई आग्रह गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here