अनन्तलाल महतोलाई पितृशोक

५ माघ २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

वीरता जेसीजका कार्यसमिति सदस्य तथा व्यवसायी अनन्तलाल महतोलाई पितृशोक परेको छ ।

झापा गौरीगञ्ज ३ निवासी उनका पिता बसुलिया महतोको ७६ वर्षको उमेरमा गत माघ ३ गते शुक्रवार निधन भएको हो ।
गौरीगञ्जका पुराना व्यवसायी रहेका स्व .महतोका हाल श्रीमती जानकीदेवी महतो , तीन छोरा वुहारीहरु जगदिश + मिना, सहतलाल + विना, अनन्तलाल + रेनुका महतो रहेका छन् ।

त्यस्तै उनका दुई छोरी ज्वाईंहरु शोभती+ परमेश्वर महतो र दुर्गा+ श्रीप्रसाद महतो रहेका छन् । उनका ३६ जना नाती नातीनी र ७ जना पनाती पनातीनी रहेका छन् ।

उनका छोराहरुमध्ये अनन्तलाल छठ समाज सेवा समिति , लायन्स क्लव अफ बिर्तामोड सिटी लगायतका संघ संस्थामा आवद्ध छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here