रवि लामिछाने निर्दोष ठहर, चितवन जिल्ला अदालतले दियो सफाई

0
917

झापा ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ । न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता लामिछाने सहित तीनै जनाले सफाइ पाएका हुन् । लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो । पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो । जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए । पुडासैनी न्यूज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता थिए । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

यस अघि लामिछाने र कडेल धरौटी बुझाएर थुनामुक्त भएका थिए । पत्रकार पुडासैनीको रहस्यमय निधन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा भएका थिए । पत्रकार पुडासैनीको रहस्यमय निधनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुविरुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आत्महत्यादुरुत्साहन गरेको कसुरमा अभियोग पत्र दर्ता भएको थियो ।

दुवै पक्षको कानुन व्यवसायीको बहसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी थिइन् । अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको थियो । विभिन्न चरणको वहस पछि आइतबार भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

सफाई पाए लगत्तै सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले आफ्नो रिहाईको पक्षमा सडकमा उत्रिदा प्रहरीको कुटपिटबाट घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सत्यको जीत भएको भन्दै देश तथा विदेशमा रहेका सबै नेपालीलाई धन्यवाद दिएका छन् ।

न्याय नमरेको भन्दै अझै पनि न्यायलय प्रतिको विश्वास नघटेको उल्लेख गरे । अनाहकमा प्रहरीले पत्रकार लामिछानेलाई फसाउन खोजेको भन्दै झापासहित देशभर विरोध प्रर्दशन भएका थिए । जनता एक सञ्चारकर्मीको पक्षमा सडकमा उत्रिएको यो पहिलो घटना समेत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here