सुलेमानीको हत्यापछि अमेरिका–इरान सम्बन्ध

६ माघ २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

आठ करोड जनसंख्या भएको र भूराजनीतिक रूपमा महत्वपूर्ण देश इरानको ४० वर्षयता अमेरिकासँग मनमुटावपूर्ण सम्बन्ध रहँदै आएको छ । इरानमा गणतन्त्र स्थापना हुँदा अमेरिका त्यसको पक्षमा थिएन र धेरैपछिसम्म राजतन्त्र फर्काउन विभिन्न तानाबाना बुनिरह्यो अमेरिकाले । आजभन्दा ४० वर्षअघि अमेरिकाले हार खाएका दुईवटा विश्व चर्चित घटनाहरु घटेका थिए । भियतनाम युद्धमा अमेरिका नराम्ररी पराजित भएको थियो भने इरानबाट पनि अमेरिका रित्तो हात फिर्ता हुनुपरेको थियो । तर, अहिले अमेरिकी सेनाद्वारा इरानी उच्च सैन्यकमान्डर जनरल कासिम सुलेमानीको हत्या भएको छ । यो घटना गत १८ पुस अर्थात् जनवरी ३ मा भएको हो र यसले भयानक युद्धको झल्को दिएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई राष्ट्रपतिको आदेशमा मारिएको प्रतिक्रिया दिएको थियो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार, सुलेमानीलाई मारेर इरानी भावी आक्रमण योजना कमजोर बनाउन लक्षित भएको दाबी गरेको थियो । अमेरिकी आक्रमणमा सुलेमानीसहित इराकी उच्च सैन्य अधिकारीसहित कम्तीमा छ जनाको मृत्यु भएको छ ।
सुलेमानी इरानको रिभोल्युशनरी गाडर्््सको विदेशी शाखा कुर्द््स् सेनाका प्रमुखका रूपमा संसारभर ख्याती प्राप्त थिए । सुलेमानीलाई सिरिया र इराकका युद्धमा अहम् भूमिकाका लागि चिनिन्थ्यो । एकातर्फ तेहरानका क्षेत्रीय दुश्मन साउदी अरब र इजरायलले इरानलाई मध्यपूर्वमा अगाडि बढ्नबाट रोक्न पूरा शक्ति लगाइरहेका थिए भने अर्कोतर्फ अमेरिका इरानविरुद्ध निकै कडारूपमा प्रस्तुत भइरहेको थियो । यी सबै कोशिसका बीच मध्यपूर्वमा इरानको प्रभाव बढाउन मेजर जनरल सुलेमानीले अहम् भूमिका निर्वाह गरेका थिए । यही कारण उनी अमेरिका, साउदी अरेबिया र इजरायलको आँखाको कसिंगर बन्न पुगेका थिए । अमेरिकाले सुलेमानीमाथि प्रतिबन्ध पनि लगाएको थियो । विगत २० वर्षमा अमेरिका, इजरायल र अरब एजेन्सीहरूले सुलेमानीलाई मार्न कैयौं प्रयास गरेका थिए, तर हरेकपटक उनी बचे ।

सुलेमानीको सेनालाई देशभन्दा बाहिर सञ्चालन हुने अपरेशनको जिम्मा दिइएको थियो । सिरियाली राष्ट्रपति बशर अल असद २०११ मा शुरु भएको गृहयुद्धमा हारनजिकै पुगेका बेला सुलेमानीको कुद्ज फोर्सले नै उनको लागि समर्थन जुटाएको थियो । सुलेमानीले इराकमा इस्लामिक स्टेटलाई हराउने प्रयासमा लागेको सशस्त्र बललाई पनि सहयोग गरेका थिए । सुलेमानी १९९८ मा इरानी रिभोल्युुनरी गार्डसका प्रमुख बनाइएका थिए । उनी वर्षौंसम्म लो प्रोफाइलमा रहँदै इरानको अन्य देशहरूसँग कुटनीतिक सम्बन्ध बलियो बनाउन लागिपरे । सुलेमानी लेबनानमा हेजोबुल्लाह, सिरियामा असद र इराकमा शिया समर्थित मिलिसिया समूहसँग इरानको सम्बन्ध बलियो बनाउन सफल रहे । विगत केही वर्षमा इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनी र अन्य शिया नेताहरूको साथमा देखिएपछि सुलेमानी चर्चामा आए । सुलेमानीको नेतृत्वमा इरानको रिभोल्युसनरी गार्ड निकै शक्तिशाली बन्यो र यसले इरानको सीमाबाहिर आफ्नो खुफिया, आर्थिक र राजनीतिक प्रभावलाई अभूतपूर्व तरिकाले बढायो । यहाँसम्म कि अहिले इरानको मुख्य फौजभन्दा रिभोल्युसनरी गार्डलाई शक्तिशाली मानिन्छ । सुलेमानीको जन्म पूर्वी इरानको एक गरिब परिवारमा भएको थियो । सुलेमानीले आफ्नो परिवार चलाउन १३ वर्षको उमेरमै काम गर्न सुरु गरेका थिए । उनी इरानका सर्वोच्च नेता खमेनीको भाषणलाई ध्यानपूर्वक सुन्थे । फरेन पोलिसी म्यागजिनका अनुसार १९७९ मा इरान क्रान्तिको क्रममा सुलेमानीले छ हप्ताको तालिम लिएर अजरबैजान प्रान्तमा पहिलो पटक युद्ध लडेका थिए । इरान–इराक युद्धपछि सुलेमानी राष्ट्रिय हिरो बनेर अगाडि आए । २००५ मा इराकमा नयाँ सरकार गठनपछि सुलेमानीको इराक राजनीतिमा दखल झनै बढ्यो ।

अमेरिकी सेनाद्वारा इरानी उच्च सैन्यकमाण्डर जनरल कासिम सुलेमानीको हत्या भएपछि विश्व एकपटक तृतीय विश्वयुद्धको सम्भावनाले त्रस्त बनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड्स् कप्र्स अन्तर्गतको कुर्द््स् फौजको नेतृत्वमा रहेर सुलेमानीले इरानी प्रभावलाई विस्तार गर्न सबै विधि प्रयोगमा ल्याएका थिए । यतिबेला यो घटनापछि डोनाल्ड ट्रम्प प्रशासनको बाँकी कार्यकालमा अमेरिका र इरानबीचको कुनै पनि कुटनीति प्रयासको अन्त्य भएको अनुमान गर्न असहज छैन । साथै यो घटनाले अमेरिका पुनः मध्यपूर्वमा युद्धमा फस्न लागेको देखिन्छ र यसबाट अमेरिका विरोधी राष्ट्रहरु रुस र चीन पनि खुसी नै हुनेछन् । ऐतिहासिक घटनाक्रम लामो भएपनि आजको यो अवनतिको यात्रा सन् २०१८ मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपतिले सहमति जनाएको इरानसँगको आणविक सम्झौताबाट एकतर्फी रूपमा हात झिकेपछि शुरु भएको हो । त्यो बेला इरानले सम्झौता पूर्णरूपमा पालना गरिरहेको थियो । यतिबेला जनरल कासिम सुलेमानीको हत्यापछि इरानले सीधै उत्तर कोरियाको बाटो लिन सक्छ र अप्रसार सम्झौता त्यागेर निगरानीकर्तालाई निष्कासित गर्न सक्छ ।

अमेरिका–इरान सम्बन्धका उतार चढावलाई वर्षौंदेखि नजिकबाट नियालिरहेका जो–कोहीले वर्तमान परिस्थितिलाई दुःखद् मान्नेछन् । वर्तमान परिस्थिति विगतमा भएका एकपछि अर्को रणनीतिक गल्तीपछि निम्तिएको हो । तालिबान सत्ताच्युत भएपछि पनि अफगानिस्तानमा सरकार गठनमा इरानले कुटनीतिक सहयोग गरेको थियो । यी सबका बाबजुद राष्ट्रपति जर्ज डब्लु बुसले इरानलाई ‘एक्सिस अफ इभिल’ अर्थात् ‘दुष्टहरूको धुरी’को सदस्य घोषणा गरे । अमेरिकाले इरानको अर्को छिमेकी देश इराकमाथि आक्रमण गरेपछि जनरल सुलेमान अमेरिकाको शत्रुमा रूपान्तरण भए । इराक आक्रमणअघि इरानले व्यापक स्तरको छलफलको प्रस्ताव राखेको थियो, जुन अमेरिकाले अस्वीकार ग¥यो । तर, सद्दाम हुसेनलाई अपदस्थ गर्दा अमेरिकाले सियाबहुल इराकमा इरानको प्रभाव सहज बन्यो ।

बग्दादको सरकार गठनमा इरान महत्वपूर्ण खेलाडी बन्न थालेको त्यही समयदेखि हो । स्वतन्त्र निर्वाचनपछि गठन भएका प्रत्येक सरकार इरानप्रति नरम देखिनुपछाडि इरानी प्रभावकै भूमिका छ । तीनले लेबनानमा हेजबोल्लाहसँगै सहकार्य गरे । हेजबोल्लाह इरानको पहिलो र सबैभन्दा सफल क्षेत्रीय सहयात्री हो । अमेरिकालाई जनरल सुलेमानीको हत्याले केही फाइदा हुने छैन किनभने यो घटनाले सुलेमानीको यात्रा कुनै न कुनै रुपमा निरन्तर रहनेछ । इरानीहरु र साँच्चै भन्ने हो भने आम मुसलमानहरु झन् अहिले आफ्ना एक चर्चित ‘शहिद’ का लागि बदला लिने भावनामा उत्तेजित छन् । लेबनान र इराकले थप हिंसा भोग्नेछन् र इराकमा अमेरिकी उपस्थिति टिकाइराख्न झन् कठिन हुनेछ । नयाँ परिस्थितिको सबैभन्दा ठूलो फाइदा आइएस र अलकायदा जस्ता सुन्नी अतिवादीलाई हुनेछ । ती आफ्ना सबैभन्दा ठूला दुई शत्रु एक–आपसमा लडेको देख्दा धेरै खुशी हुनेछन् । सुलेमानीको हत्यापछि अब चरणबद्ध रूपमा नभएर इरानले सीधै उत्तर कोरियाको बाटो लिन सक्छ र अप्रसार सम्झौता त्यागेर निगरानीकर्तालाई निष्कासित गर्न सक्छ । इरानले आणविक बम बनाउन अग्रसर हुँदा त्यस क्षेत्रका अन्य राष्ट्र खासगरी साउदी अरबले पनि बम बनाउन खोज्नेछ । त्यो अवस्था आउन नदिन अमेरिका सफल होला र ? संसार दुई चिरा भएको छ । अमेरिकाले विश्वबाट प्रशंसा र आलोचना बराबरी पाएको छ यो घटनामा ।

अमेरिकाले इराकको राजधानी बग्दादमा हवाई आक्रमण इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानी मारिनु पनि असाधारण किन छ भने आक्रमण एउटा देशमा मारिए अर्का देशका कमाण्डर । उनी इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीपछि सुलेमानी दोस्रो महत्वपूर्ण व्यक्ति हुन् । सर्वोच्च कमाण्डर मारिएपछि इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले रोषपूर्ण भाषामा अमेरिकी आक्रमणका जिम्मेवार अपराधीसँग बदला लिइने चेतावनी दिएका छन् । सुलेमानीको मृत्युपछि अमेरिका र इजराइलविरुद्ध पूर्ण क्षमताका साथ लड्ने उनको प्रतिक्रिया छ । अमेरिकी आक्रमणपछि तेस्रो विश्वयुद्धको त्रास विश्वभर फैलिएको छ । अमेरिकी हवाई कारबाहीको जवाफ दिँदै इरानले अमेरिकालाई आतंकवादी भनेको छ र अमेरिकाले यो क्षतिका लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । विश्वकै चौथो ठूलो तेल भण्डार र मध्यपूर्वको रणनीतिक भौगोलिक अवस्थितिका कारण इरानले बढाइरहेको सैनिक र क्षेत्रीय प्रभुत्वबाट आफ्नो स्वार्थ गुम्ने चिन्ता अमेरिकालाई छ ।

यदि अमेरिका र इरानबीच युद्ध भए यसको असर इराक, सिरिया, लेबनान र अफगानिस्तानमा प्रत्यक्ष असर पर्नेछ भने यसले विश्वभर असर पु¥याउने छ । अमेरिका र इरानको टकरावबारे विश्व दुई धु्रबमा विभाजित भएको छ । साउदी अरब, इजरायल, लेबनान लगायतका देश अमेरिकाका पक्षमा देखिन्छन् भने विश्व महाशक्ति चीन र रुस इरानका पक्षमा देखिएका छन् । चीन, रूस र सिरियाले जनवरी ३ मा अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुर्द््सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुने गरी इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने युरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशील बन्न आग्रह गर्दै मध्यमार्गी बाटो अवलम्बन गर्न कोशिस गरेको छ । अमेरिकी आक्रमणलाई रूसले गैरजिम्मेवारपूर्ण कदम भन्दै यसले मध्यपूर्वमा तनाव बढाएको जनाएको छ । मस्कोले इरानी जनरलको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।

विश्व राजनीतिमा देखिएको उथलपुथल, अमेरिका र इरानबीचको टकरावका कारण तेस्रो विश्वयुद्धको कालो बादल मडारिइरहेको छ । विश्वभर शान्ति चाहने मुलुक चिन्तित बनेका छन् । अमेरिका र इरानबीच युद्ध भए पश्चिम एसिया नै युद्धमा होमिने छ र यसको असर नेपालजस्तो मुलुकमाथि पनि पर्नेछ । अमेरिका र इरानबीच उत्पन्न युद्धमय परिस्थितिले मध्यपूर्व लगायत दक्षिण एसियालाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । खाडी मुलुकको तेल भण्डारमा निर्भर एसियाको यातायात र उर्जा आपूर्ति प्रणालीमा असर परेको छ । इन्धनको मूल्य वृद्धि हुन थालेको छ ।

यदि युद्ध भएमा सह्रशताब्दी विकास लक्ष्य पनि प्रभावित हुनेछ । अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्र दर्जामा उक्लिन प्रयत्नरत् राष्ट्रहरुको अभियानमा धक्का लाग्नेछ । स्वयम् अमेरिकाले प्रदान गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग प्रभावित हुनेछ । तटस्थ राष्ट्रहरुलाई आफ्नो तटस्थता जोगाउन निकै मुस्किल हुनेछ । युद्धको विभिषिकाले विश्व ध्रुवीकरणतर्फ जानेछ । जनरल सुलेमानीको मृत्युपछि अमेरिका–इरान तनाव उत्कर्षमा पुगेको छ । इरानका सर्वोच्च नेता अयोतुल्लाह खमनेइले अपराधीहरूसँग बदला लिने घोषणाले विश्व त्रासको छायाँमा बाँच्नु परेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने यो आक्रमण विदेशमा बसिरहेका अमेरिकी नागरिकको सुरक्षाको सुनिश्चितता र इरानी आक्रमण रोक्न गरिएको दाबी गरेको छ । सुलेमानीको हत्याले सृजेको परिघटना त्यति सहज रुपमा साम्य हुने देखिँदैन । इरान–अमेरिकाबीचमा चार दशकमा भएकोभन्दा अझै नराम्रो सम्बन्ध विकास हुने र यसका कारण विश्व सँधै नै तनावमा रहनुपर्ने हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here