एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने

0
406

विराटनगर,

नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ ।

‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्र सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० र समूहको ३० प्रतिशत लगानी केन्द्रमा हुनेछ । कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालीम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको बताउनुभयो ।

परियोजना संयोजक युवराज पाठकका अनुसार अहिले चिस्यान केन्द्र बनाउन अन्तिम मस्यौदा पूरा भएको र आवश्यक पर्ने सामग्री सम्बन्धमा कम्पनीसँग जानकारी लिने काम जारी रहेको छ । करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्र जर्मन प्रविधिबाट बन्ने छ ।

फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् र भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने छ । केन्द्र स्थापना अगाडि बढेपछि कृषक खुशी भएका छन् ।

जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायत कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना नवलपुरका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here