खोटाङ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ बस्ने २८ बर्षीय देबनारायण चौधरीलाई ट्याक्टरले किच्दा मृत्यु भएको छ।
खोटाङको हलेसीबाट रंबुवातर्फ जाँदैगरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडकखण्ड स्थित ऐसेलुखर्क भन्ने स्थानमा अनियन्त्रित भइ सडकदेखि अन्दाजी २५ मिटर तलपल्टिई दुर्घटना हुँदा ट्याक्टरका चालक चौधरीको घटना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।































