‘राष्ट्रिय सेवा दल ’द्वारा सञ्चालित सांस्कृतिक आदानप्रदान प्रतियोगितामा स्वस्तिका प्रथम

६ माघ २०७६, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ मा रहेको स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय मोरङको याङशिलामा सम्पन्न भएको सांस्कृतिक आदानप्रदान प्रतियोगितामा प्रथम भएको छ ।

राष्ट्रिय सेवा दल(एनसीसी)द्वारा सञ्चालित ४६औं ब्याच तालिम अन्र्तगत प्रदेश नम्बर १, २ र ३का १४ वटा विद्यालयका क्याडेट विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा स्वस्तिका प्रथम भएको विद्यालयका निर्देशक वसन्तकुमार श्रेष्ठले बताए ।

सोही तालिम कार्यक्रममा स्वस्तिकाका तीन जना क्याडेट विद्यार्थी अञ्जली शाहू, गोपाल राजवंशी र स्मारिका राना मगर मस्ट ट्यालेन्ट अवार्डबाट पुरस्कृत भएको थियो ।

त्यसैगरी तालिममा सहभागी क्याडेट विद्यार्थी सन्देश कार्कीले प्लाटुन जुनियर अन्डर अफिसर दर्जा, तीन जनाले हवल्दार दर्जा, तीन जनाले नाइक दर्जा, छ जनाले लेस नाइक र २३ जनाले एनसीसी क्याडेट दर्जा प्राप्त गरेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

विद्यालयले प्राप्त गरेको उक्त सफलताको लागि सम्पूर्ण अभिभावक, शिक्षक र नृत्य प्रशिक्षकहरुलाई निर्देशक श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here