चीनमा ’कोरोना भाइरस’ले ६० जनाको मृत्यु, नेपालमा रोग फैल्ने चिन्ता

0
665

झापा ।

उत्तरी छिमेकी मुलुक चीनमा ’कोरोना भाइरस’ का कारण ६० जनाभन्दा धेरैको मृत्यु हुदाँ समेत नेपालमा सुरक्षााको कुनै प्रबन्ध नहुँदा सक्रमण फैलने खतरा बढेको छ ।

चीनमा भाइरसका कारण मानिसहरुमा निमोनियाको संक्रमण फैलँदा विश्व नै तरंगित भएको छ । हालसम्म चीनमा ६० जनाभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । युहान प्रान्तमा यस भाइरसको प्रकोप अत्याधिक भएको र सातजनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

लन्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरुले भने यस भाइरसको असर एक हजार ७०० भन्दा धेरै मानिसमा भएको दाबी गरेका छन् । भाइरसको प्रभाव बढ्दै गएकाले अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीन हुँदै आउने यात्रुहरुको स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ ।

सिंगापुर र हङकङका विमानस्थलहरुमा चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न सुरु भएको छ । उता अमेरिका , बेलायतलगायतका राष्ट्रहरुमा पनि चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्ने तयारी गरिएको छ । कोरोना भाइरसले रुघाखोकीका साथै मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र एक्युटर रेस्पिएटरी सिन्ड्रोमजस्ता रोगहरु निम्त्याउने चिकित्कसकहरु बताएका छन् ।

मानवमा नदेखिएको यो भाइरस चीनमा पहिलोपटक देखिएको हो । विश्वभर यस भाइरसलाई लिएर सुरक्षा अपनाइदा यो भाइरस मानिसबाट मानिसमा सर्नेबारे याकिन नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाल विश्वभर यस भाइरसलाई लिएर सजगता अपनाइँदा नेपालमा समेत यस भाइरसका बारेमा सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् । नेपालमा चीनमा आउने पर्यटक बढ्दै गएको तर त्यहाँबाट आउने मानिसहरुमा यस भाइरसको संक्रमण हुनसक्ने खतरा हुने विशेषज्ञहरु बताउँछन् ।

तर विमानस्थलमा यस भाइरसको बारेमा चेकजाँच गर्ने कुनै प्रकारको व्यवस्था भएको नहुदाँ रोगको संक्रमण फैलन सक्ने तर्फ चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here