मोरङ।
झापाको अर्जुनधारा नगरपालिका–५ बस्ने ५४ बर्षीय पशुपति भट्टराईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ।
सोमबार मोरङ बेलबारी–४ बेतना स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किदा मोटरसाईकल चालक भट्टराई तथा पछाडी सवार रहेकी उनकी श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको सोमबार राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।































