अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

0
803

काठमाडौं,

मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस् ६ पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

५ र ३ जना गरी दुई पटकमा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु गरिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।-खबरहबबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here