प्रहरी तस्करसँग मिल्दा भन्सारमा राजश्व घट्यो, डिआइजी र एसपी छानबिनमा

८ माघ २०७६, बुधबार मा प्रकाशित

काठमाडौं ।

सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा केन्द्रित गराउने तयारी गरेको छ । भन्सार तथा राजश्व गुल्महरुसमेत हटाएर सीमामा खटाउने निर्णय गरिसकेको छ ।

तर, सशस्त्र प्रहरीका अधिकारीहरुको ध्यान भने सुरक्षा भन्दा असुलीमा व्यस्त भएका छन् । जसको असर भन्सारमा समेत परेको छ । खासगरी प्रदेश १ मा सशस्त्र प्रहरी नै तस्करसँग मिल्दा राजश्व घटेको छ । प्रदेश १ को मुख्य नाका जोगबनीबाट राजश्व घटेको छ ।

प्रदेश १ का बाहिनीपति डिआईजी नागेन्द्र थापा र कंकालिनी गणका एसपी नेत्रबहादुर कार्की मिलेर तस्करीको लाइन खोलेको उजुरी गृह मन्त्रालयमा पुगेको छ ।

सोही अनुसार डिआईजी थापा र एसपी कार्कीमाथि छानबिन सुरु भएको छ । दुवै जना कमाण्डमा पनि कमजोर रहेको र आर्थिक अनुशासनहीनता समेत बढाएको आरोप छ । डिआईजी थापामाथि बिदा छाडेर राशनभत्ता अनियमितता गरेको आरोपसमेत लागेको छ ।

प्रदेश नम्बर ५ मा पनि अवस्था उस्तै छ । डिआईजी नारायण पौडेलले घुमुवा खटाएर तस्करीको सेटिङ मिलाएको उजुरी परेका छन् । पोखरास्थित बराह बाहिनीका डिआईजी कविन्द्रमान श्रेष्ठले संगठनको आचारसंहितालाई सिधै चुनौती दिएका छन् ।

बर्दी लगाएको फोटो राख्न नपाइने सर्कुलर गरेपनि उनले मानेका छैनन् । उनीविरुद्ध समेत मुख्यालयमा उजुरी परेको छ । दृष्टिबाट साभार

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here