नवदुर्गा मन्दिर निर्माणका लागि ५० लाख सहयोग

८ माघ २०७६, बुधबार मा प्रकाशित

वाह्रदशी, ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।

गत माघ २ गते विहीवारबाट सञ्चालन भएको महायज्ञमा नगद र जिन्सी सहित पचास लाख रुपैयाँ सहयोग जुटेको पुराण आयोजक मूल समितिका अध्यक्ष देवेन्द्र चम्लगाईले बताउनुभयो । महायज्ञमा वाह्रदशी – ७ निवासी समाजसेवी लोकनाथ – डिकुरादेवी चम्लगाईले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ भने बिर्तामोड– २ निवासी वलराम– गंगादेवी डाँगीले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गर्नुभएको छ ।

तस्बीर ः महायज्ञमा सहयोग गर्ने दातालाई सम्मान गर्दै आचार्य पण्डित छन्दूराम भण्डारी ।

यता वाह्रदशी – ७ निवासी लक्ष्मी– तिलरुपा कार्कीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, कनकाई – ८ मा रहेको सुसन ट्रेडर्सका सञ्चालकद्वय खगेन्द्र प्रसाई,– नेत्र नेपालले एक लाख ११ हजार १ सय ११ रुपैयाँ , वाह्रदशी –७ निवासी गुणरत्न – राजेन्द्र उप्रेतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।

बिर्तामोड – २ निवासी नवीन विमली – अर्जुन मैनालीले ओमकार रेडिमिक्सका तर्फबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । त्यस्तै वाह्रदशी – ७ निवासी मञ्जु – मैना उप्रेतीले एक लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ भने वाह्रदशी – ७५ मा रहेको आस्तुमा निर्माण सेवाले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यता वाह्रदशी – ७ निवासी निवासी विजु – विशाल श्रेष्ठले एक लाख एक सय ११ रुपैयाँ र अर्जुनधारा निवासी नवीन गट्टानीले ९० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
त्यस्तै वाह्रदशी – ६ निवासी इश्वरी – पुष्पा प्रसाईले ५६ हजार १ सय ५६ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ भने वाह्रदशी – ७ का यमनाथ चम्लगाईले ५१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ ।
वाह्रदशी – ७ मै रहेको दिपजन अंग्रेजी माध्यमिक विद्यालयले ५१ हजार १ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेतीले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

यता वाह्रदशी – ७ निवासी स्व. सन्तवहादुर मैनावती राजवंशीको स्मृतिमा ५१ हजार १ सय ११ , वाह्रदशी गाउँपालिका – ७ निवासी राजेन्द्र – वेलिदेवी झापाले ५१ हजार एक सय ११ रुपैयाँ, र वाह्रदशी –७ निवासी लक्ष्मण पाठकले ५१ हजार रुपैयाँ , वाह्रदशी – ७ निवासी टोम – सोमा राजवंशीले ५१ हजार, एक्सल डेभलपमेन्ट वैंक बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरको महायज्ञ मूल समारोह समितिका सदस्य लेखनाथ कटुवालले जानकारी दिनुभयो ।

आचार्य छन्दूराम भण्डारीले महायज्ञमा कथा वाचन गरिरहनु भएको छ । महायज्ञबाट सङ्कलन गरिएको रकमले दुर्गाको मन्दिर निर्माण गर्ने र डाँगीवारीमा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको महायज्ञ मूल समारोह समितिका प्रचार प्रसार संयोजक देवराज कार्कीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका युवा नेता तथा पार्टीका नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य भगीरथ पोद्दारको आतिथ्यमा महायज्ञमा सहयोग गर्ने सवै दाता महानुभावलाई वुधवार सम्मान गरिएको गौरीशंक माध्यमिक विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले जानकारी दिनुभयो ।

महायज्ञमा सहयोग गर्ने दाताको उत्साह उस्तै रहेको र तन, मन र बचनले सहयोग गर्ने सवै दातालाई मन्दिर व्यवस्थापन समिति र महायज्ञ मूल समारोह समितिले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here