बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने पक्राउ

८ माघ २०७६, बुधबार मा प्रकाशित

झापा,

झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई आज प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयको सहयोगमा दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

उनलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here