एजेन्सी ।
कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ। मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ भने देशभरका मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा
चीनको वुआनमा मात्रै ५०० मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ।चीन सरकारले मानिसबाट मानिसमा सर्ने यो भाइरस रोकथामका लागि नयाँ बर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएको छ। लुनारमा करोडौं मानिसहरु देशभित्र र बाहिर यात्रामा जाने गर्छन्।
कोरोना भाइरस चीनबाट अमेरिका पुग्यो, डब्लूएचओको आकस्मिक बैठक बस्दै
सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अमेरिकासम्म फैलिसकेको छ। भाइरसबाट संक्रमित ती व्यक्ति चीनको वुआनबाटै अमेरिकाको सियाटल पुगेका थिए।
कोरोना भाइरस फैलिएपछि अमेरिकाले विमानस्थलहरुमा स्वास्थ्य परीक्षण केन्द स्थापना गरी स्वास्थ्य जाँचमा कडाइ गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण फैलिँदै गएपछि बुधबार आकस्मिक बैठकसमेत गरेको थियो।-थाहाखबरबाट




























