विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

९ माघ २०७६, बिहीबार मा प्रकाशित

संखुवासभा,

संखुवासभाको सभापोखरी गाउँपालिका-३ सुनाम्लाबाट विष्फोटक पदार्थसहित प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।

प्रहरीले सभापोखरी-३ बाट मादी नगरपालिका-५मादिमुलखर्कका जिपी भनिने सोमबहादुर तामाङलाई पक्राउ गरेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। गोप्य सूचनाका आधारमा प्रहरीले सभापोखरी-३ सुनाम्ला बाट विप्लव कार्यकता तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले स्थानीय देउमान राईको गोठमा लुकाइ राखेको प्रेसर कुकर बम, सकेट बम, सुतली बम र डेटोनेटरसहित विप्लव कार्यकता तामाङलाई पक्राउ गरेको हो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here