झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

९ माघ २०७६, बिहीबार मा प्रकाशित

झापा ।

बिर्तामोडबाट लागु औषध ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ३ मा रहेको एक होटेलबाट १६ ग्राम ब्राउनसुगर सहित एक महिलासहित तीन जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।

पक्राउ पर्नेमा मेची नगरपालिका-१३ बस्ने २१ बर्षीया रोशनी तामाङ, सोही स्थानका २३ वर्षीय विवेक तामलिङ सुब्बा र सिन्धुपाल्चोकका २० वर्षीय राजेन्द्र सिवाकोटी रहेका छन्।

उनीहरूलाई मङ्गलवार पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बुधवार बिर्तामोड ६ बुट्टावारि चौकबाट .अर्जुनधारा नगरपालिका -११ बस्ने २४ वर्षीय आशिष् बस्नेतलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

प्रहरीले उनको साथबाट ४९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here