गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको आवाजमा ”क्यान्सर” भिडियो सहित

१० माघ २०७६, शुक्रबार मा प्रकाशित

काठमान्डौँ ।

नेपाली लोक दोहोरी गीत संगीतमा विरहका भावमा मनका वेदनाहरुलाई समेटेर गीत निमार्ण गर्ने क्रममा गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको आवाजमा रहेको मौलिक ”क्यान्सर” गीतको भिडियो सार्वजनिक भएको छ ।

धन कमाउने लक्ष्य राखेको श्रीमान विदेशमा क्यासर रोगको शिकार भएर थलिएर बस्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मोहन श्रीपाली र लोकेन्द्र श्रीपालीको शब्द तथा अमित बावु रोकायाको लय सिर्जनामा रहेको गीत बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”क्यान्सर” गीतको भिडियोमा सारिका केसी तथा देवेन्द्र बबलु को अभिनय रहेको छ ।
”क्यान्सर” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here