६ महिनामा पूजिँगत खर्च १९.४० प्रतिशत,

१० माघ २०७६, शुक्रबार मा प्रकाशित

बुधबारे ।

बुद्धशान्ति गाउँ पालिकाले आर्थिक वर्ष २०७६।७७ को पहिलो ६ महिनामा पूजिँगत खर्च १९.४० प्रतिशत भएको जनाएको छ ।

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले आर्थिक वर्षको पहिलो ६ महिनामा कूल १५ करोड ६२ लाख ४ हजार ४ सय १६ को पूजिँगत खर्च (विकास निर्माणमा खर्च हुनुपर्ने रकम) मध्ये ३ करोड ३ लाख १५ हजार १ सय १४ रुपैँया भएको जनाएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा २८.९८ प्रतिशत, कृषिमा ५.६९ प्रतिशत, शिक्षामा २६.०७ प्रतिशत र पर्यटनमा ४.८४ प्रतिशत पहिलो ६ महिनामा खर्च भएको पनि जानकारी दिए । बुद्धशान्ति गाउँपालिकाले स्वास्थ्यमा चालू आर्थिक वर्षका लागि ८७ लाख ५० हजार छुट्याएकोमा २५ लाख ३५ हजार ५ सय ४० रुपैँया खर्च गरेको छ । त्यस्तै कृषिमा १ करोड १४ लाख बजेट छुट्याएकोमा ६ लाख ४८ हजार १ सय ३३ रुपैँया मात्रै पहिलो ६ महिनामा खर्च गरेको छ ।

कृषिको बजेट वडाको मागमा आधारित भएर खर्च गर्नुपर्ने भएकाले वडाबाट माग ढिलो आएका कारण कृषिमा कम प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले बताए । शिक्षाका लागि बुद्धशान्ति गाउँपालिकामा चालू आर्थिक वर्षमा २ करोड रुपैँया छुट्एिको छ भने पहिलो ६ महिनामा ५२ लाख १३ हजार ९ सय ९९ रुपैँया खर्च भएको छ ।

यता पर्यटन तर्फ ७७ लाख रुपैँया विनियोजन भएकोमा हाल सम्म ३ लाख ७२ हजार ६ सय रुपैँया मात्र खर्च हुन सकेको छ । उनले प्रतिशत लाई आधार मान्ने हो भने केही कम पूजिँगत खर्च भएको देखिए पनि अधिकांश योजना सम्झौता भएको र हुने क्रममा रहेकाले यसलाई नराम्रो नै मान्ने अवस्था भने नभएको बताए ।

यस अवधिमा पूजिँगत खर्च करीव ३० प्रतिशत हुनुपर्ने भएपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवाले त्यसमा प्रभाव पारेको चापागाईको भनाई छ ।

उनले यस गाउँपालिकामा आपूm प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदभार ग्रहण गरेपछि प्रशासनिक क्षेत्रमा सुधारका प्रयास भईरहेको बताए । कार्यपालिकाले गरेका निर्णय प्रभावकारी र तोकिएको समय भित्र सम्पन्न गर्न कर्मचारी प्रशासन जिम्मेवार ढंगले लागिरहेको पनि उनले बताए ।

सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सम्पूर्ण कर्मचारी लागिपरेको बताउँदै चापागाईले सेवाग्राहीलाई थप सहजताका निम्ति गाउँ पालिकाले सहायता कक्ष समेत स्थापना गरेको र सो प्रयास उपयोगी बन्दै गएको पनि जानकारी दिए । उनले सहायता कक्षले सेवाग्राहीलाई सेवा लिने कुरामा सहजता ल्याउन नै सो प्रयास गाउँपालिकाबाट भएको स्पष्ट पारे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here