‘बज्दैन मुर्चुङ्गा छैन बिनायो, सारङ्गीको तार आज कसले छिनायो’

११ माघ २०७६, शनिबार मा प्रकाशित

झापा ।

साहित्य र संगितको उर्बर भूमिको रुपमा आफ्नो परिचय बनाउन सफल झापाले धेरै कलाकर्मीहरुलाई जन्म दिएको छ । स्थानीय स्तरदेखि राष्ट्रिय स्तर सम्म धेरै कलाकारहरु झापाका रहेका छन् । त्यस्तै एक बहुप्रतिभाका धनीका रुपमा आफूलाई स्थापित गर्न सफल झापाको बुद्धशान्ति–१ हेक्सेका टंक काफ्ले (विकल्प) लाई नचिन्ने सहायद नै कोही नहोला ।

नाटक क्षेत्रमा आफूलाई स्थापित गर्न सफल काफ्लेले थुप्रै गीतहरुको रचना गरेका छन् । नेपालको मौलिक लोक बाजाहरुको संरक्षणमा ध्यान दिन कला र संकृतिको संरक्षण गर्न गीत मार्फत आग्रह गरेका छन् । उनले सिर्जना गरेको गीत–बज्दैन मुर्चुङ्गा छैन बिनायो, सारङ्गीको तार आज कसले छिनायो । साँच्चै लोकप्रिय रहेको छ ।

पश्चिमा संकृतिको सिको गर्दै युवा पुस्ताले आफ्नो लोक बाजाहरु बिर्सदै गइरहेका बेला विकल्पले संगीत मार्फत बाजाहरुको संरक्षण गर्न सबैको ध्यान केन्द्रित गरेका छन् । बाबुबोगटीको संगित र स्वर रहेको बज्दैन मुर्चुङ्गा गितलाई सम्मान एल्बम मार्फत बजारमा ल्याइएको छ । गाँउ घरमा बस्ने नौमती बाजा, र्मुचुङ्गा र बिनायो मात्र नभएर अधिकाशं बाजाहरुको संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिइएको रचनाकार विकल्पले बताए ।

करिब ४० वटा गितको रचना गरेका विकल्पका केही गितहरु रेकर्डिङ भएर बजारमा आइसकेका छन् । गितका अभियन गर्ने कलाकार र गायकलाई धेरै चिन्ने गरेपनि त्यसको रचना गर्ने ब्यक्ति भने संधैं गौण हुने गरेको पाइएको छ । झापाका विकल्पले साहित्य र संगितमा अब्बल रुपमा चिनिएका छन् । केही नयाँ सिर्जना गर्नुपर्छ भन्ने स्वभाव भएका विकल्पले नयाँ पुस्तालाई पनि उत्तिकै उत्साह र हौसला भर्ने काम गरेका छन् ।

विकल्पद्धारा रचित गीतको भिडियो सहित–

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here