सशस्त्र प्रहरीद्धारा अवैध रुपमा भित्रियाएका ५ लाख बढीका सामान पक्राउ

0
786

काँकरभिट्टा ।

केहीदिन देखि पुर्वीनाका भएर अवैधरुपमा विभिन्न प्रकारका औषधि आयात हुने गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर, राजस्व भंसार सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले यस्ता औषधिसहित ५ लाख ६१ हजार ५ सय १० रुपैयाँ मुल्य बराबरका अवैध सामान पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक ज्ञानमणी पौडेलका अनुसार सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइरालाको नेतृत्वमा रहेको प्रहरी टोलीले झापाको मेचीनगर—८ स्थित जोरसिमलबाट एकैदिन उक्त परिमाणका अवैध सामान पक्राउ गरेको हो । पक्राउ सवै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।

खुला सिमानाको फाइदा उठाएर यसमा संलग्नहरुले कैरियरमार्फत सामान भित्रयाउने गरेको बताइएको । पक्राउ गरेको सामानमा मोटरपार्टस, लत्ता कपडा, विभिन्न प्रकारका औषधि रहेका छन् । सीमानाकाबाट अबैधरुपमा हुने चोरी निकाशीलाई शुन्यमा झार्न सशस्त्र प्रहरीले अहिले सीमाक्षेत्रमा कडा निगरानी गर्न थालेको छ ।

प्रहरीको निगरानी बढेसँगै यसमा संलग्नहरुले अन्य नाका प्रयोग गर्न थालेको प्रहरीको भनाई छ । सशस्त्र प्रहरीको निगरानीसँगै धमाधम अवैध सामान पक्राउ हुन थालेपछि पछिल्ला महिनादेखि मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्वमा समेत उल्लेखनिय प्रगति भएको छ ।

यता इलाका प्रहरी कार्यालय काँकरभिट्टाले यस्तो धन्दा रोक्न र राजस्व बृद्घि गर्न सहयोग र सहकार्यका लागि स्थानीयवासीलाई आग्रह गरेको छ ।

कार्यालयको अगुवाईमा मेचीनगर—६ नकलबन्दामा स्थानीयवासीसँग अन्तरक्रिया भएको छ । कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले अवैध व्यपारका कारण राज्य र स्थानीयले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवनारायण विक, सशस्त्र प्रहरी नायव उपरिक्षक ज्ञानमणी पौडेललगायतले स्थानीय ठाउँमा हुने विकृति विसंगति तथा अवैध धन्दा नियन्त्रणमा स्थानीयवासीको महत्वपुर्ण भूमिका हुने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here