झापाको गौरीगञ्जबाट ७० किलो सुर्ती बरामद

0
645

झापा ।

झापाको पश्चिम दक्षिणी भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले ठूलो परिणाममा सुर्ती बरामद गरेको छ ।

गेउरिया पुल नजिकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० किलो अवैध सुर्ती आज बिहान बरामद गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।

गौरीगञ्ज, कोरोबारी, कुञ्जीबारी, महाभारा, शिवगञ्ज, झापा बजारलगायत जिल्लाका पश्चिम दक्षिण भारतीय नाकासँग जोडिने क्षेत्रमा भारतबाट अवैध रुपमा भारी मात्रामा सुर्तीको ओसारपोसार हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

बरामद गरिएको सुर्ती छोटी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here