छैंठौ बार्षिक साधारण सभा सम्पन्न

0
684

बिर्तामोड ।

नेपाल पूर्व प्रहरी संगठन नगर समिति बिर्तामोडको छैंठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नेपाल पूर्व प्रहरी संगठन नगर समिति बिर्तामोडका अध्यक्ष मोहनविक्रम मल्लको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन प्रदेश नं १ का सचिव देवीभक्त आचार्यले गरेका थिए ।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य इन्द्रप्रसाद ओली , नेपाल पूर्व प्रहरी संगठन प्रदेश नं १ का अध्यक्ष वावुराम श्रेष्ठ , नेपाल पूर्व प्रहरी संगठन झापाका अध्यक्ष खेमराज कार्की , पूर्व अध्यक्ष प्रेमबहादुर लामा , कचनकवल अध्यक्ष देउमान बुढाथोकीलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा ८५ वर्षीय पूर्व प्रहरी जवान विष्णुकुमार प्रसाई लाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा भर्खरै सरुवा भएर आएका डिएसपी मुकुन्दप्रसाद रिजाललाई स्वागत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल पूर्व प्रहरी संगठन नगर समिति बिर्तामोडका सदस्य विजय वस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here