गणेश अर्याल / इलाम,

इलामको रोङ गाउँपालिका र मेची आयुर्बेदिक औषधालय आइतबारेको सम्युक्त आयोजनामा सोमबारबाट स्वास्थ्य अभियान सिबिर सुरु हुदैैछ ।
सात दिन सम्म सञ्चालन हुने सिबिरमा स्वास्थ्य अभियानको लागि रोङ गाउँपालिका ३ कुटिडाँडा स्थीत पाथीभरा क्षेत्र बिकास कोषको सभाहलमा आवस्यक तयारी भएको रोङ गाउपालिकाले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी महिला स्वास्थ्य स्वयंसबिका लगायत आम रोङ बासीलाई सहभागि हुन गाउपालिका अध्यक्ष शमसेर राईले आग्रह गरेका छन् ।
कार्यक्रम अनुसार मंगलबार बिहान ६ बजे देखि योग सिबिर तथा योग जीवन शैली तालिम दैनिक १ बजे पछि स्वास्थ्य जीवन अभिमुखीकरण लगायतको कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित भइ परीक्षण गराउन चाहने सबैको प्रेशर सुगर जाच गरी डाइट चार्ट बितरण लगायतको कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत डिकप्रसाद दाहालले बताए ।
कार्यक्रममा सहभागीले कुनै पनि मुल्य तिर्नु नपर्ने भएकाले उपस्थित भइ लाभ लिन सबैलाई अनुरोध छ ।































