बिर्तामोड,

केडी सुज इन्डस्ट्रिजबाट उत्पादित ‘क्यालिबर सुज’ले झापाको बिर्तामोडबाट बिक्री शुरु गरेको छ ।
बिर्तामोड–५ स्थित शनिश्चरेरोडमा रहेको प्रथम सप्लायर्सले आइतबारबाट ‘क्यालिबर सुजको बिक्री शुरु गरेको हो । बिर्तामोडका युवा व्यवसायी रोशन घिमिरेले ६० लाख रुपैयाँको लगानीमा ‘क्यालिबर सुज’को शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुमको उद्घाटन उद्योग बाणिज्य संघ प्रदेश नं. १ का सदस्य बलराम कार्कीले गरेका थिए । सञ्चालक घिमिरेले नौ सय ५० देखि तीन हजार आठ सय रुपैयाँसम्मका क्याजुअल, स्नीकरदेखि खेलकुद र औपचारिक, बुट तथा अन्य विभिन्न किसिमको महिला, पुरुष र बच्चाका क्यालिबर जुत्ताहरु उपलब्ध रहेको बताए । उद्घाटनका अवसरमा १० प्रतिशत छुटको ब्यवस्था समेत रहेको सञ्चालक घिमिरेले जानकारी दिए ।
क्यालिवर कम्पनीका प्रवन्ध निर्देशक प्रशन्न गौतमले २३ वर्षदेखि निरन्तर रूपमा विभिन्न प्रकारका क्यालिबर जुत्ताहरु नेपालमै उत्पादन गर्दै आइरहेको बताउँदै क्यालिबर अन्तर्गत स्पोट्र्स, पार्टी, बुट र क्याजुअल जुत्ता उत्पादन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य कुसल खतिवडा, व्यवसायी जितेन्द्र अग्रवाल लगायतले स्वदेशी उत्पादन भएकाले क्यालिबर जुत्ताहरु प्रयोग गर्न आग्रह गरेका थिए ।































