शैक्षिक गुणस्तर सुधार्न सवारी साधन खरिद,सवारी साधन खरिद गर्न महायज्ञ

0
922

काँकरभिट्टा,

झापाको मेचीनगर— ४ मा रहेको पशुपति माध्यमिक विद्यालय आमडाँगीले सवारी साधन खरिदका लागि महायज्ञ लगाउने भएको छ । आगामी माघ २घ देखि फागुन १ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने संगीतमय श्रीमद्भागवत महापुराण तथा धन धान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताईको छ ।

अधिकाँश विद्यार्थीको आर्कषण सामुदायिक भन्दा निजी विद्यालयतर्फ बढेका कारण विद्यार्थीको आर्कषण तथा आवत जावतका लागि सजिलो होस भने उद्देश्यले सवारी साधन खरिद गर्न महायज्ञ सञ्चालनको तयारी गरिएको प्रधानध्यापक लक्ष्मण प्रधानले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न पुर्व शिक्षक गणेशबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय पुराण मूल आयोजक समितिसहित पाँच वटा विभिन्न उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । आर्थिक, सल्लाहकार, प्रचार प्रसार, स्वयम्सेवक मञ्च व्यवस्थापन उपसमिति निर्माण गरिएको प्रधानध्यापक लक्ष्मण प्रधानले जानकारी दिनुभयो । महायज्ञबाट ३० लाख रुपैयाँ संकलनगर्ने लक्ष्य लिईएको र यो रकम स्वेच्छिक सहयोगबाट संकलन हुने आयोजकको भनाई छ ।

करिव ५ लाख खर्च गरेर बाकी रकमले विद्यार्थी बोक्न बस खरिद गर्ने योजना छ । साथै यसले गर्दा विद्यालयको स्तोरन्नती तथा शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास आयोजकको छ । महायज्ञमा प्रमुख कथावाचकका रुपमा सोमनाथ सुवेदी तथा उपवाचकमा पण्डित जीवन दाहालबाट पाठपारायण तथा झाँकी सहितसंगीतमय श्रीमद्भागवत महापुराण तथा धन धान्याचल ज्ञान महायज्ञ हुने छ ।

मेचीनगर नगरपालिका वडानम्बर —४ का वडाध्यक्ष नवीन वरालले ज्ञान र विज्ञान जोडेर गर्न लागिएको महायज्ञ महत्वपूर्ण रहेको भन्दै शैक्षिक सुधार तथा मानवसेवाका लागि कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here