गायक प्रमोद सद्भावना दूत , हेयरस्टाइलिष्ट निलडेविड सल्लाहकार

0
997

बिर्तामोड ।

प्रदेश क्रिकेट विकास समिति प्रदेश नं १ को सद्भावना दूतमा गायक प्रमोद खरेल चयन भएका छन् ।

प्रदेश क्रिकेट विकास समिति प्रदेश नं १ को विराटनगरमा भएको बैठकले गायक खरेललाई सद्भावना दूत चयन गरेको हो ।
त्यस्तै हेयरस्टाइलिष्ट निलडेविड कटुवाल प्रदेश क्रिकेट विकास समिति प्रदेश नं १ को सल्लाहकारमा चयन भएका छन् ।

हेयर स्टाइलको क्षेत्रमा नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल हेयरस्टाइलिष्ट कटुवालले क्रिकेटको विकासमा समेत सहयोग गर्दै आइरहेका छन् ।

हेयरस्टाइलिष्ट कटुवालसहित विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनिया , नेपाल पर्यटन वोर्डका प्रवन्धक सूर्य थपलिया , नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक इश्वरवावु कार्की, व्यवसायी जीवनकुमार दास रहेको ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

त्यसैगरी बैठकले मनोज कटुवाललाई प्रवक्ताको जिम्मेवारी दिएको छ भने प्रदिपराज पाण्डेको संयोजकत्वमा नारद नेपाल र मानबहादुर राई सदस्य रहेको प्राविधिक उपसमिति, मिङ्मा डण्डु शेर्पाको संयोजकत्वमा नवीन घिमिरे ,मनोज कटुवाल, बीरु श्रेष्ठ सदस्य रहेको कार्यसम्पादन उपसमिति, लाक्पा लामाको संयोजकत्वमा टिकाराम पुरी र राजकुमार प्रधान सदस्य रहेको छनौट उपसमिति, सचिन सुव्वाको संयोजकत्वमा सुमेशकुमार हल्वाई, अनुप ढुङ्गाना , गणेश खतिवडा, रोशन बुढाथोकी सदस्य रहेको अनुशासन उपसमिति गठन गरेको छ ।

त्यसैगरी बैठकले बीरु श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति , अजय राजवंशीलाई प्रदेशको सिनियर पुरुष टिमको टिम म्यानेजर तोकेको छ भने महिला टिमको म्यानेजर भने पूर्वखेलाडी र जिल्ला महिला सदस्यहरुलाई आलोपालो पठाइने जनाएको छ ।

त्यसैगरी बैठकले प्रदेशमा आवद्ध ५ जिल्लाहरुमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न मनोज कटुवालको संयोजकत्वमा समिति समेत गठन गरेको छ भने प्रदेशको कार्यालय सचिवमा शिरिष उपाध्यायलाई चयन गरेको छ । वैठक प्रदेश क्रिकेट विकास समिति प्रदेश नं १ का अध्यक्ष मिङ्मा डण्डु शेर्पाको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here