वालवालिका लक्षित निःशुल्क स्वास्थ्य शिविर

0
1285

बिर्तामोड ।

इनरह्वील क्लव अफ बिर्तामोड मिड टाउनको आयोजनामा वालवालिकाहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जीवनरक्षा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित अबाकस स्कूलमा भएको शिविरमा बिर्तामोड ३ का एक सय तीन जना वालवालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

जीवनरक्षा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर बिर्तामोडका वरिष्ठ वालरोग विशेषज्ञ इन्द्रभुषण सिंहले वालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि समेत निःशुल्क वितरण गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिड टाउनकी कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक लुना बस्नेतले जानकारी दिइन् ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष भुमिका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेनु वंसलले स्वागत गरेकी थिइन् । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी कार्यसमिति सदस्यहरु वर्षा राजवंशी , कमला कटुवाल खत्री , सुजता न्यौपाने , रिजु पाण्डे लगायतले शिविरको व्यवस्थापन गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी , अबाकस स्कूलका संस्थापक सन्देश मल्ल , प्रिन्सिपल डिल्ली दाहाल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सचिव जमुना भुषाल शर्माले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here