बिर्तामोड । 
आँखाको परिक्षण गरी मोतिया बिन्दुको निःशुल्क शल्यकृया गर्ने उदेश्यले झापा बिर्तामोड–२ को सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा शिविर गरेको छ ।
चारपाने सेवा केन्दले वाह्दशी गाउँपालिकामा–६ विहिवारेमा मेची आँखा अस्पताल शैनिकमोडको प्राबिधिक सहयोगमा मंगलवार सम्पन्न शिविरमा निःशुल्क ३ सय १४ जनाले ओपिडी सेवा लिएका थिए ।
सहारा नेपाल साकोसका बरिष्ठ प्रबन्धक रामनारायण प्रधानको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथि वाह्दशी गाउँपालिका वडा नं. ६ का अध्यक्ष रत्नप्रकाश योङ्गहाङ्ग रहेका थिए ।
स्वागत सहारा नेपाल साकोस चारपाने सेवा केन्द्रका सहायक प्रबन्धक जगत कार्कीले गरेको उद्घाटन कार्यक्रममा प्राथमीक स्वास्थ केन्द्रका प्रमुख युवराज राजबंशी, मेची आँखा अस्पतालका डा. कबिता कडरीया, पञ्चमणी बिद्यालयका प्रध्यानाध्यापक कृष्णकुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बरिष्ठ सहायक टिका देबी पौडेलले गरेकी थिइन् ।
मोतियाबिन्दु देखिएका ८ जना मध्ये शल्यक्रियाको लागि ५ जनालाई मेची आँखा अस्पताल लगिएको चारपाने सेवा केन्द्रका सहायक प्रबन्धक जगत कार्कीले जानकारी दिएका छन् । चारपाने सेवा केन्द्रकी कर्मचारी सरिता नेपाललगायतको उपस्थिति थियो ।































