४७ बोरा सूर्ती बरामद

0
999

बिर्तामोड।

इलाका प्रहरी कार्यालय राजगढले बुधवार ४७ वोरा सूर्ती बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले बाह्रदशी गाउँपालिका–२मा वेवारिसे अवस्थामा रहेको ४७ वोरा सूर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको सूर्ती दुई लाख ५० हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । बरामद गरिएको सूर्ती मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उता इलाका प्रहरी कार्यालय झिलझिलेले ४ केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका– १ निवासी अकालु साह रहेका छन् । प्रहरीले साहको घरबाट १४ हजार ६ सय ४८ रुपैयाँ नगद र एक थान चिलिम समेत वरामद गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here