पाँच दिनमै बन्यो १००० शैय्याको हस्पिटल

0
1302

बेइजिङ ।

चीन सरकारले कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो ।

चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार ग¥यो । जुन अस्पताल मंगलबारदेखि सञ्चालनमा आएको छ ।

चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शैय्याको अस्पताल मंगलबार रातिदेखि सञ्चालनमा ल्याएको हो । एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयम्सेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरेको डेलीमेलले जनाएको छ ।

वुहान प्रान्तमा बनेको डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलबारदेखि सञ्चालनमा आएको हो । वुहान प्रान्तका अधिकारीहरुले उक्त अस्पताल निर्माणमा संलग्न सबैलाई तोकिएको समय अगावै काम सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । त्यहाँ स्थानीय समय अनुसार राति १०ः३० बजेदेखि बिरामीहरुको उपचार थालिएको हो । पहिलोपटक संक्रमित भएका कोरोनाका बिरामीलाई उक्त अस्पतालमा स्थानान्तरण गरिएका छन् ।

यसअघि शुक्रबार भवन निर्माण सम्पन्न भइसकेको तर, खाली रहेको बताएका थिए । शनिबारदेखि अस्पतालको उपकरण जडानदेखिका आन्तरिक कामहरु गरिएको थियो । सोमबार अस्पतालमा हजार शैय्याहरु व्यवस्थापन गरिएको थियो । यससँगै सोमबार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङ्गाङका सरकारी अधिकारीहरुले बताएका छन् ।

उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काभेटरहरुले काम गरेका थिए । यसअघि बिहीबार सरकारले एक सातामै कोरोना भाइरसका बिरामीको उपचार गर्ने छुट्टै अस्पताल बनाउने घोषणा गरेको थियो ।

यसअघि सन् २००३ सार्सको संक्रमण फैलिएका बेला बेइजिङमा सात दिनमा नयाँ अस्पताल खडा गरिएको थियो । २४ घण्टामा थप ७६९ संक्रमित बढेको चीनले पुष्टि गरेपछि उक्त अस्पतालको निर्माण सम्पन्न गरिएको थियो । अहिलेसम्म चीनमा ६ हजारभन्दा बढी संक्रमित छन् भने १३२ जनाको ज्यान गइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here