विराटनगरमा एक घर, एक धारा

0
548

विराटनगर,

विराटनगर महानगरपालिकाले नगरवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर–एक धारा’को व्यवस्था गर्ने भएको छ ।

विराटनगर महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल खानेपानी संस्थानसँग सहकार्यमा विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम सम्पन्न गरेको छ । यसबाट आगामी केही वर्षभित्रै नगरवासीको एक घर–एक धाराको सपना पूरा हुने अपेक्षा गरिएको छ ।

महानगरका प्रमुख भीम पराजुलीको सक्रियतामा विगतदेखि नै सो कामको शुरुआत गरिएको थियो । यसैक्रममा जाइकाले तयार गरेको प्रथम चरणको विस्तृत अध्ययन प्रतिवेदन र प्रगति प्रतिवेदन बुधबार यहाँ प्रस्तुत भएको छ ।

महानगर र जाइकाको परामर्शदाता याचियो इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडले संयुक्तरुपमा सो कार्य सम्पन्न गरिएको हो । जाइका मुख्य कार्यालयका प्रतिनिधि योसीआकी योकोता र हिरोसी कुवोता साथै परामर्शदाता प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको चार सदस्य टोलीले विराटनगरमा आफ्नो कार्य शुरु गरेको छ ।

एक घर–एक धाराको अवधारणासहित नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने आफ्नो सपना रहेको भन्दै प्रमुख पराजुलीले पूर्ण विश्वासका साथ कार्यमा जुटेको जानकारी दिनुभयो । विराटनगरमा विगत ६० वर्षभन्दा अगाडिका खानेपानीका पाइप जीर्ण अवस्थामा रहेका छन् ।

ती पाइपमा टुटफुट हुँदा कतिपय स्थानमा फोहर पानी पिउन नगरवासी बाध्य भएका छन् । फोहर पानीको कारण फैलिएको कमलपित्तका कारण विगतमा विराटनगरका १३ अकालमा ज्यान गुमाउनुपरेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले शुद्ध खानेपानी घरघरमा पु¥याउने योजनालाई सफल बनाउन द्रुतगतिमा काम थाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here