मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि नगर प्याब्सनलाई

0
712

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि नगर प्याब्सनले जितेको छ ।

नगर शिक्षक महासंघलाई प्रतियोगिताको फाइनलमा २५–१६ र २५–१५ को सोझो सेटमा पराजित गर्दै नगर प्याब्सनले उपाधि जितेको हो ।

ंप्रतियोगिताको विजेता र उपविजेता हुने टिमलाई क्रमश नगद पुरस्कार चार हजार र दुई हजारसहित मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित नगर प्याब्सनका सदस्य सुजन मगरलाई नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाले ढाकाको टोपी लगाई दिएर सम्मान व्यक्त गरे ।

प्रतियोगिताको समूह चरणमा नगर प्याब्सनले नगर कर्मचारीको समूहलाई र नगर शिक्षक महासंघले नगर जनप्रतिनिधिको समूहलाई पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here