बिर्तामोड ।

बिर्तामोडका युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले गरीव, असाहयलाई लक्षित गर्दै दश रुपैयाँमा वितरण गरेको खाना झण्डै पन्ध्र हजार जनाले खाएका छन् ।
मेची अञ्चलको प्रमुख व्यपारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना आजसम्म बितरण गरिएको छ । विपन्न समुदायलाई लक्षित गर्दै वितरण गरिएको खाना दैनिक पाँच सय जनाले खाने गरेको प्रविणले बताउनुभयो ।
दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खान प्रदिन गरिएको अग्रवालको भनाई छ । मानवताको सेवा नै जिवनको सर्वाेत्तम कार्य भएको बताउँदै यो कार्यक्रमलाई आगामी वर्ष पनि यही समयमा निरन्तरता प्रदान गरिने अग्रवालले बताउनुभयो ।
खानाका लागि एक सय बोरा चामल एक महिनामा आवश्यक परेको र केही दाताले समेत आफूहरुलाई सहयोग गरेको पुरुषोत्तमको भनाई छ ।
सेवा भावले १० रुपैयाँमा खाना वितरण गर्न थालिएपछि सवै भन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले खाना खाएको बताइएको छ ।































