दुई युवती भारत लैजाने एक ब्यक्ति कांकरभिट्टामा पक्राउ

0
700

झापा।

मानव तस्करहरुले विभिन्न बहाना बनाएर चेलीबेटी बेचबिखन गरिरहेको घटना सार्वजानिक भइरहेका बेला पूर्वी नाका कांकरभिट्टाबाट प्रहरीले दुई युवतीलाई भारत तर्फ लैजादै गरेको अवस्थामा उद्धार गरेको छ ।

काभ्रेपलाञ्चोक घरभएका १७ र २२ वर्षीया युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारत तर्फ लैजादै गरेको अवस्थामा उनीहरुलाई उद्धार गरिएको र उनीहरुलाई भारत लाँदै गरेका दोलखा तामाकोशी गाँउपालिका–४ का २१ वर्षीय सुदिप बाबु पोखरेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रहरी नायब उपरीक्षक रमेश पोख्रेलले जानकारी दिए ।

मासिक २२ हजार रुपैंयासम्म कमाई हुन्छ भन्दै पोखरेलले युवतीहरुलाई प्रलोभनमा पारेको जनाइएको छ । युवतीहरुको अभिभावकलाई सुमेत जानकारी नगराई भारत तर्फ बेचबिखनका लागि लैजाँदै गर्दा शंका लागेपछि प्रहरीले उनीहरुलाई सोधिखोजि गरेको थियो । पक्राउ परेका पोखरेललाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।

युवतीहरुलाई साना हातहरु नाम संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । तस्करहरुले भारतमा राम्रो कमाई हुने भन्दै युवतीहरुलाई भारत तर्फ लैजाने गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here