कोरोनाका कारण डब्ल्यूएचओद्धारा आपतकालको घोषणा

0
501

एजेन्सी ।

चीनबाट दुई हप्ता अघि फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

अहिले यसको संक्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो। विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन्।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ।

भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here