शान्तिनगर ।

स्थानीय तहले अपाङ्गता भएका मानिसहरुको शिक्षा,स्वास्थ्य र रोजगारीको सुनिश्चिता गर्न नसकेको बुधवारेमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शान्ति अपा· संघ बुद्धशान्तिले रेडक्रस भवन बुधवारेमा आयोजित अपाङ्गतामैत्री ब्यवहार तथा संरचना सम्वन्धि एक दिने सचेतना तालिम र संघको दोस्रो बार्षिकोत्सवमा सहभागिहरुले नेपालको संविधान २०७२, अपा·ता नीति २०७३ संसोधन २०७४,परिचय–पत्र वितरण कार्यविधि २०७५ अनुसारको अधिकार कार्यान्वयन गर्न स्थानीय तहले चासो नराखेको उनीहरुको गुनासो थियो ।
संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्य रहेको थियो । उनीहरुले अब्यवस्थित कार्यालयका कारण काममा कठिनाई, संचार (दोभाषे)को अभाव,समावेशितामा वेवस्था, कार्यालय सञ्चालन खर्चको अभाव, समाजले अपा·ता भएका ब्यक्तिहरुलाई अपहेलना र बोझको दृष्टिले हेर्नुले समाजमा अन्य मानिस सरह प्रतिनीधित्व गर्न नसकेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय अपा· महासंघ नेपाल प्रदेश न.१ का अध्यक्ष पार्वता श्रेष्ठ, मानव अधिकार समूह बुद्धशान्तिका अध्यक्ष देवकुमारी सेर्मा, दमक अपा· सहयोग समितिका प्रतिनीधि पिताम्वर घिमिरे, कार्यपालिका सदस्य दुर्गा ढु·ेल,श्याम पोख्रेल, लुना शिवाकोटी लगायतले अपा·ता भएका मानिसहरुलाई माया र सद्भाव भन्दा सीपको आवश्यक्ता रहेको औल्याए । उनीहरुले अपा·ता भएकाहरुले मागेर हैन् सीप वेचेर खाने हैसियतको बनाउन स्थानीय तहले पहलकदमी गर्न जरुरी रहेको बताए ।
प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भुर्तेलले सीप र अवसर सृजना गरी अपा·ता भएका मानिसहरुको जीवनस्तर उकास्न सहयोग निरन्तर रहने प्रतिवद्धता जनाईन् । उनले शारिरीक रुपमा असक्तहरुको शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई ध्यानमा राख्दैं अगाडी बढ्ने बताईन् । यसका साथै अपा·मैत्री भवन, कार्यालय, शौचालय आदि बनाउन पहल गर्ने जनाईन् ।
सोही कार्यक्रममा संघका सचिव जयप्रकाश खातीले प्राप्त गरेको ह्वील चियर शारिरीक रुपमा अपा· बुद्धशान्ति–३ की श्यामकुमारी भुजेललाई प्रदान गरियो । उक्त ह्वील चियर खातीलाई राष्ट्रिय अपा· महासंघ नेपालले उपलब्ध गराएको थियो । सो ह्वील चियर संघका अध्यक्ष अधिकारी, प्रमुख अतिथि भुर्तेलको रोहवरमा भुजेललाई दिइएको हो । सचेतना कार्यक्रमको सहजीकरण राष्ट्रिय अपा· महासंघ नेपाल प्रदेश न.१ का अध्यक्ष पार्वता श्रेष्ठले गरेकी थिईन् ।
संघका सचिव खातीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । यसका साथै संस्थाको संसोधन विधेयक पनि पास गरेको छ । संघका उपाध्यक्ष नरेन्द्र मेयाङ्वोले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघकी कोषाध्यक्ष सावित्रादेवी ढुङ्गानाले गरेकी थिईन् ।
संघले हालसम्म विभिन्न सीपमुलक तालिम, अपा·ता भएका ब्यक्तिहरुको हक, अधिकार कार्यान्वयनका विषयमा महत्वपूर्ण काम गर्दै आएको छ । बुद्धशान्ति गाउँपालिकामा आठ सय बढी अपा·ता भएका मानिस रहेको अनुमान गरिएपनि दुई सय जना बढीमात्र संघमा आवद्ध रहेको बताइएको छ ।































