चार बन्दुक र बँदेलसहित ६ जना पक्राउ

0
372

इलाम ।

इलामको माङ्सेवुङ गाउँपालिका–३का २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिवकुमार राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।

दुबैजनालाई गाउँमा शंकास्पद गतिबिधिहरु गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनीहरुका साथबाट १५० ग्राम बारुद्ध समेत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता सुनसरीको धरान उपमहानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार बिहानको राति १ बजेको समयमा प्रहरी चौकी पानवारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धरान–६ स्थित गौँडे आहालको जंगलबाट निस्कँदै गरेका धरान–६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय रामबहादुर योञ्जन र ३० बर्षीय शम्भु दाहाललाई चेकजाँच गर्दा निजहरुको साथबाट २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिव ६ किलो वजन भएको बँदेल बरामद गरेको थियो ।

निजहरुले प्रयोग गरेको को२०प ८७१६ र ना१४प ६४३३ नम्बरका मोटर साइकल समेत नियन्त्रणमा लिइएको छ भने पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here